पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेल्फी डाँडामा होटल चलाएर बस्थे करणी मुद्दामा कैद र जरिवाना तोकिएका व्यक्ति

चिन्तन खबर

काठमाडौं । अदालतबाट जवर्जस्ती करणी मुद्दामा कैद र जरिवाना तोकिएका एक व्यक्ति होटल सञ्चालन गरेर बस्ने गरेको पाइएको छ ।

धनुषामा नाबालिकालाई पाँच वर्षअघि बलात्कार गरेको घटनामा उच्च अदालत जनकपुरधामले कैद र जरिवाना तोकिएका सन्तोष खड्का सिन्धुलीमा होटल सञ्चालन गरेर बसिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–१ घर भएका ४० वर्षीय खड्का सिन्धुलीको कमलामाई नगरपालिका–१० सेल्फीडाँडामा होटेल कोहिनुर सञ्चालन गरी बस्दै आएका थिए । यो सूचना प्राप्त भएपछि पुगेको धनुषा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पक्राउ परेका खड्कालाई नियन्त्रणमा लिई जिल्ला अदालत धनुषामा उपस्थित गराउँदा सिन्धुली कारागार पठाउने आदेश दिएको प्रहरीको भनाइ छ । खड्काले २६ चैत २०७४ मा धनुषाको मिथिला नगरपालिका–६ स्थित चितवन होटल एण्ड गेस्ट हाउसमा एक नाबालिकासँग जर्वजस्ती करणी गरेका थिए ।

उक्त मुद्दामा उच्च अदालत जनकपुरले २५ असार २०७६ मा खड्कालाई ६ बर्ष कैद र नगद रु ५० हजार जरिवाना हुने सजाय तोकेको थियो । कैद र जरिवाना तोकिएपछि फरार भएका उनलाई होटेल सञ्चालन गरी बसेको अवस्थामा प्रहरीले फेला पारेको हो ।