सल्यान । आफ्नै नातेदारलाई एसिड प्रहारगर्ने एक जनालाई प्रहरीले पक्रा गरेको छ । आफ्नै तीनजना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका ३ चम्फ्टाकँ बस्ने ५० वर्षिय बेचे रावतलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साझँ ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई २२ लिटर एसिड सहित पक्राउ गरेको हो ।
रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन् । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।
प्रतिक्रिया