काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश कुमार भट्टराईले नेकपा एमालेसँग एक्लै चुनाव लड्ने साहस कोहिसँग पनि नभएको बताउनुभएको छ । पाँचथर–काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो– “राजनीतिक दलहरु जति धेरै उमेर बढ्छ त्यति जवान हुन्छ । एमाले पनि ७२ वर्षको उमेर एमाले भयो । समाजको हरेका बदलावमा समाहित हुँदै एमाले यहाँ आइपुगेकोले सैद्धान्तिक ढंगले उभिएको छ । हामि दौडिनेबाटोमा आरु पनि छ । एमालेसँग एक्लै दौडने कोहिमा साहस नभएकाले कांग्रेसले भारे भुरेलाई साथमा लिएर हिडेको छ । डोरी तान्ने खेलमा कांग्रेस एक्लै आउने हो भने सजिलै परास्त हुन्छ । हरेक खेललमा एमालेले निरन्तर अभ्यास र पोषण गर्ने भएकाले त्यस्ता खेलमा एमालले जित्ने गरेको छ ।”
उहाँले एमालेले ४० को दशक देखि आफुलाई सैदान्तिक रुपमा विकसीत गरेर यहाँ सम्म आइपुगेको पनि बताउनु भयो । कांग्रेस दक्षिण पन्थि, माओवादी तिब्र उग्र बामपन्थि भएका छन् । एमाले सहि बाटो समातेर अघि बढेको छ । एमाले शक्ति, विचार र जनाधार भएको बताउनु भयो ।
नागरिकता विधेयक बहुमतको बलमा जबरजस्ती पार गरेको उहाँको भनाई छ । उक्त विधेक सच्याउन तीन महिना एमालेले बहुमत ल्याउनु पर्छ त्यसैले एमालेलाई सबैले भोट दिनुपर्छ ।
प्रतिक्रिया