सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीको भंगालोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
हिजो दिउँसो पौने २ बजे सरस्वती माध्यमिक विद्यालय राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र–९ राजाबासका राजकुमार माझीका १२ बर्षीय छोरा अमर माझी बिद्यालयको टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा अमर पानीमा डुबेको अवस्थामा स्थानीयवासीले फेला पारेर उपचारका लागि नगर अस्पताल चक्रघट्टी लगेका थिए । तर बालकको उपचारका क्रममा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ।
प्रतिक्रिया