Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथर प्रदेशसभा ‘क’मा पनि कांग्रेसको दाबी, नेकपा एस र जसपाले कहाँ पाउलान स्थान ? « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथर प्रदेशसभा ‘क’मा पनि कांग्रेसको दाबी, नेकपा एस र जसपाले कहाँ पाउलान स्थान ?

चिन्तन खबर

पाँचथर । पाँचथर प्रदेशसभा क्षेत्र नं. ‘क’ मा पनि नेपाली कांग्रेसले गठबन्धनका तर्फबाट उम्मेदवारी पाउनुपर्ने दाबी गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले प्रदेशसभा क्षेत्र नं. क कांग्रेसका लागि अत्यन्तै महत्वपूर्ण र संवेदनशील क्षेत्र भएकाले उक्त क्षेत्रमा आफ्नो दलको सशक्त दाबी रहने वताउनुभएको हो । शनिवार फिदिममा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा प्रदेश क मा कांग्रेसको दाबी रहने वताउनुभएका आङदेम्बेले कांग्रेसका कार्यकर्ताहरुको भेलामा समेत उक्त क्षेत्र कांग्रेसले अन्य दललाई छाड्न नसक्ने वताउनुभएको भेलामा सहभागी एक कांग्रेस नेताले वताउनुभयो ।

प्रदेश क क्षेत्रमा कांग्रेसको सशक्त संगठन रहेको, गठबन्धनमा कांग्रेसकै सबैभन्दा बढी मत रहेको तथा पार्टी भित्रको सन्तुलन मिलाउन उक्त क्षेत्रको कांग्रेसको उम्मेदवारी आवश्यक पर्ने आङदेम्बेको भनाई थियो । कांग्रेसले पाँचथरमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको दाबी गरिरहेको छ ।

प्रदेशसभा सदस्यको उम्मेदवार भई प्रदेश १ को मुख्यमन्त्री हुने चर्चावारे पत्रकारहरुको जिज्ञासामा आङदेम्बेले आफू विगतमा समेत प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएकाले प्रदेशमा उम्मेदवार हुने सम्भावना नरहेको वताउनुभयो । “पार्टीभित्र मेरो नाममा कोही पनि साथीहरुको विमति नरहला”, उहाँले भन्नुभयो, “पार्टीले टिकट दिए संघमै चुनाव लड्छु ।”

यता कांग्रेसको भेलामा जिल्लाका केही नेताहरु प्रदेशसभा क्षेत्र नं. ख समेत अन्य दललाई छाड्न नसकिने वताएका छन् । “हिँजो स्थानीय तह निर्वाचनमा मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा हसिँया हथौडामा मतदान गरियो । अव प्रदेशमा पनि हसिँया हथौडामै मतदान गर्ने हो भने कांग्रेस कार्यकर्ता कहिले रुखमा मतदान गर्ने ?”, बैठकमा नेताहरुले प्रश्न गरेका थिए, “तीन वर्ष नेकपाको नाममा कांग्रेसलाई पेल्ने, एउटा योजनाको उपभोक्ता समितिको अध्यक्ष कांग्रेसलाई नबनाउनेलाई भोट हाल्न सकिँदैन् ।”

गठबन्धनले सिट बाँडफाँटका लागि विगतमा निर्वाचन जितेको क्षेत्र सोही दलले पाउने नियम बनाउन लागेका समाचारहरु सार्वजनिक भइरहेका छन् । जसअनुसार पाँचथर प्रदेशसभा क मा नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा ख मा माओवादी केन्द्रले गठबन्धनबाट टिकट पाउने सम्भावना छ ।

प्रदेशसभा क का प्रदेश सभा सदस्य गणेशकुमार काम्बाङ एकीकृत समाजवादी तथा प्रदेशसभा ख का प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो माओवादी केन्द्रमा आवद्ध रहनुभएकाले ती दलले गठबन्धनको आधारभूत ‘सिद्धान्तत’ टिकट पाउने सम्भावना रहेको वताइन्छ । तर गठबन्धनभित्रको पहिलो दल कांग्रेसका सहमहामन्त्री आङदेम्बेले क्षेत्र नं. क पाउनु पर्ने दाबी गरेपछि गठबन्धनको टिकट बाँडफाँट पेचिलो बनेको देखिएको छ ।

पछिल्लो समय प्रदेश सभा क समेत माओवादी केन्द्रले दाबी गरिरहेको छ । माओवादी केन्द्र प्रदेश नं. १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले यस क्षेत्रबाट निर्वाचन लड्न चाहेको समाचार सार्वजनिक भइरहेका छन् ।

यस्तै जिल्लामा राम्रो मत रहेको जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ टिकट पाउने वा नपाउने भन्ने यकिन भएको छैन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा कांग्रेस र माओवादीको दाबीले गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जसपाले प्रत्यक्षतर्फ कहाँ सिट प्राप्त गर्लान ? यकिन भएको छैन् ।