काठमाडौं । पछिल्लो विवरण अनुसार वितेको २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय २० जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट २ सय २४ र एन्टीजेन विधिबाट ४७ जना गरि २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टाको विवरण अनुसार १ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रतिक्रिया