धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ बाट प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन । हिजो अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको विशेष टोली र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
ब्राउनसुगर बरामद भएसंगै प्रदेश १–०२–००३ ह १६४९ नम्वरको टेम्पो सहित नियन्त्रणमा लिइएका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया