सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित चतराझुम्का नहरमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
हिजो बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र–४ कि ३६ बर्षीया शोभा खडका र १४ बर्षीया सलिना खड्का पानीमा डुबी बेपत्ता भएका थिए । वेपत्ता भएकामध्ये शोभालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकामा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
यस्तै नहरले बगाएर बेपत्ता भएकी सलिनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोलीले स्थानीयवासी समेतको सहयोगमा ३०० मिटर टाढा नहरको पानीमा डुबेर मृत अवस्थामा फेला परेको हो । घटनाका सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया