काठमाडौं । प्रदेश नं. १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सहित १४ जना प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ ।
एमाले अध्यक्ष ओली झापा–५ बाट सर्वसम्मत सिफारिस हुनुभएको छ । यस्तै झापा–१ बाट रबिन कोइराला, झापा–४ बाट एलपी साँवा, पाँचथरबाट बसन्तकुमार नेम्वाड, इलाम–१ बाट महेश बस्नेत, इलाम–२ बाट सुवासचन्द्र नेम्वाङ सर्बसम्मत सिफारिस हुनुभएको छ ।
यस्तै मोरङ–१ बाट ऋषिकेश पोखरेल, मोरङ–३ बाट भानुभक्त ढकाल, मोरङ–४ बाट बिनोद ढकाल, मोरङ–५ बाट योगी मण्डल सर्वसम्मत सिफारिस हुनुभएको हो । यसैगरी सुनसरी–१ बाट जयकुमार राई, सुनसरी–३ बाट भगवती चौधरी र सुनसरी–४ बाट जगदिश कुशियत सर्वसम्मत सिफारिस हुनुभएको हो । यस्तै सोलुखुम्वुबाट मानवीर राई पनि सर्वसम्मत सिफारिस गरिएको छ ।
प्रतिक्रिया