फिदिम । वर्षापछि गएराती पहिरो झर्दा अवरुद्ध बनेको मेची राजमार्गको फिदिम–काबेली खण्ड दिउँसोबाट खुलेको छ ।
अन्यत्र पहिरो नगएपनि सडकभन्दा करीब ३० मिटर माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा काबेली नदी छेउममा मेची राजमार्ग अवरुद्ध बनेको थियो । स्थानीयवासी समेतको सहयोगमा पहिरो पन्छाई प्रहरीले दिउँसोबाट सडक खुलाएको हो ।
सडक एकतर्फी खुला भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । वर्षापछि पहिरो झर्दा सडक आज विहानबाट अवरुद्ध बनेको थियो । सडक सुचारु नहुँदा यात्रुलाई दुईतर्फ रहेका सवारीका साधनले गन्तब्यतर्फ पु¥याएका थिए ।
प्रतिक्रिया