फिदिम । पाँचथरमा जनता समाजबादी पार्टी(जसपा)का ५४ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीका केन्द्रीय परिषद सदस्य मलिसा याक्थुङबा, तिलबिक्रम चेम्जोङ, केन्द्रीय लेखा समिति सदस्य डि.एम.आङदेम्बे लगायत ५४ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गर्नुभएको हो ।
उहाँहरुले आज संयुक्तरुपमा पार्टीलाई राजिनामा बुझाउदै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँहरुले पार्टी नेतृत्वमा स्वेच्छाचारिता हाबि भएको, संगठन निर्माणमा उदासिनता देखाएको र संगठनलाई बिसर्जनको बाटोतर्फ लगेको आरोप लगाउदै राजिनामा बुझाउनुभएको हो ।
पार्टी परित्याग गर्नेमा पार्टीका केन्द्रीय परिषद समिति, प्रदेश समिति, लिम्बुवान राज्य समिति, जिल्ला र स्थानीय तहका नेताहरु छन् ।
प्रतिक्रिया