काठमाडौं । नेपाली कांग्रेसमा शेखर कोइराला पक्षले छुट्टै शनिवार भेला गर्ने तयारी गरेको छ ।
आसन्न मंसिर ४ मा हुन लागेको निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो ।
जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ । भेलामा टिकटका प्रत्यक्ष तथा समानुपातिक तिर सिफारिस परेका र आकांक्षीहरु पनि सहभागि हुनेछन् ।
प्रतिक्रिया