सागर सुस्केरा
फिदिम । पेशागत महासंघ नेपाल पाँचथरको पाँचौ जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।
अधिवेशनबाट जीवन भण्डारीको अध्यक्षताका १५ सदस्यीय कार्य समिति चयन भएको छ । संस्थाको उपाध्यक्षमा सुरेन्द्र भण्डारी, महिला उपाध्यक्ष सरस्वती सिवाकोटी, सचिवमा अमिता सुब्बा, सह–सचिवमा नीतिराज भण्डारी, कोषाध्यक्ष प्रकाश चन्द्र सापकोटा र सदस्यहरुमा मणी कुमार खालिङ, गोपी नेपाली, सोम बहादुर श्रेष्ठ, वेदनिधि खनाल, टिकाराम चापागाई लगायत रहनु भएको छ ।
पेशागत महासंघ राष्ट्रिय समितिका सदस्य पारस न्यौपानेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष इन्द्र प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै सदस्य न्यौपानेले पेशागत रुपमा विभिन्न विभागमा कार्यरत रहेता पनि एउटै विचार र सिद्धान्तले कार्यरत सबै पेशाकर्मीहरुले राष्ट्रमा भएको परिवर्तनलाई आत्मसात गरी आ–आफ्नो तर्फबाट समृद्ध राष्ट्र निर्माणमा कटिबद्ध भई अघि बढ्नु पर्ने हुने पर्ने बताउनु भयो ।
त्यस्तै विशेष अतिथिको रुपमा नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य तुलसी थापा, पेशागत महासंघ प्रदेश कमिटी सदस्य बालकृष्ण लुईटेलले समेत आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । नवनिर्वाचित समितिले केन्द्रीय प्रतिनिधिको रुपमा इन्द्रप्रसाद रिजाल, प्रदेश प्रतिनिधिको रुपमा प्रदिप ढुंगेल र टंकप्रसाद अधिकारीलाई छनोट गरेको छ । कार्यक्रम संस्थाका सचिव जीवन भण्डारीले सञ्चालन गर्नु भएको थियो । पेशागत महासंघ नेपाल पाँचथरमा हाल १३ वटा घटकहरु आवद्ध रहेका छन् ।
प्रतिक्रिया