फिदिम । पाँचथर प्रदेश सभा क्षेत्र नं. क मा १० जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा एमालेबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारी तथा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष कमलप्रसाद जबेगूले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङ, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघा, राप्रपाका ओमनाथ बजगाँई, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवा लिम्बू, राप्रपा नेपालका नेत्रकुमार बस्नेत र मंगोल नेशनल अर्गनाइजेसनका मनकुमार गुरुङले समेत उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस क्षेत्रबाट पाँचथरको फालेलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सञ्चकुमार केरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनका नाममा पार्टीका नेताहरुले अपमान गरेको भन्दै काँग्रेस नेता समेत रहुनभएका केरुङले बागी उम्मेदवारी दिनुभएको हो । यस्तै याङवरक–२ का इन्दिरा धौरालीले समेत स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
प्रतिक्रिया