फिदिम । नेकपा (एमाले)ले बडा दशै पछि चुनावि अभियानलाई तिब्र बनाएको छ । एमालले फिदिम नगरकमिटी ५ का कमिटीका कार्यकर्तासँग भेटघाट तथा छलफल गरेको छ ।
वडा नम्बर ५ को तीन स्थानमा आज पार्टीले भिन्ना–भिन्नै कार्यक्रम गरेको हो । चोकमागुको सरसिउला, गौथलि चोक र तीन मौलेमा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।
कार्यक्रममा पाँचथर जिल्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बसन्तकुमार नेम्बाङ, प्रदेश ख का उम्मेदवार अइन्द्रसुन्दर नेम्बाङ, प्रदेश कमिटी सदस्य आशारत्न जबेगू, प्रदेश कमिटी सदस्य तथा एमाले जिल्ला कमिटी उपाध्यक्ष धनकुमार फियाक, एमाल फिदिम नगरकमिटी अध्यक्ष जलकुमार तामाङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको वडा कमिटी अध्यक्ष मणी तुम्बापोले जनाकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ख का उम्मेदवार अइन्द्रसुन्दर नेम्बाङले क्षेत्र खले प्रदेशको अर्थमन्त्री पाएर पनि क्षेत्र ख मा उल्लेख्य प्रगति नगरेको बताउनु भयो । उहाँले भन्नुभयो– ‘आफुलाई विकासे नेता भनेर जनतामा भ्रम छर्दै हिडेका छन् । जिल्लाका विभिन्न सम्भाव्य कार्यहरु भएपनि कार्यकर्ता पोस्ने बाहेक अन्य काम भएको छैन । खास कृषकलाई दिनुपर्नै अनुदानहरु आफ्ना कार्यकर्तालाई मात्र पोसेको हामीले देखेका छौं ।’
त्यस्तै पाँचथरबाट प्रतिनिधि सभाका उम्मेदवार बसन्तकुमार नेम्बाङले तीन वर्ष सरकार सञ्चालन गर्दा देशभरी विभिन्न काम गरेको बताउनुभयो । उहाँलै भन्नुभयो –‘विगतमा कसैले गर्न नसकेको काम हामीले गरेर देखाएका छौं । जनताहरु आतुर छन् एमालेको सरकार खोजिरेहेका छन् ।’
‘हामीले धेरै ठाउँमा पूर्वाधार तयार पारेका छौं’ उहाँले भन्नुभयो –‘फिदिम ५ कै कुरा गरांै अन्तराष्ट्रिय स्तरका खेल खेल्न तयार हुने रगंसाला बनाउन सुरु गरेका छौ अव त्यसलाई स्तर उन्नति गर्न बाँकी छ । अब हामी त्यसलाई स्तर उन्नती गर्न तर्फ लाग्छौं । ’
प्रतिक्रिया