Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चिन्तन खबर

फिदिम । पाँचथरको तुम्बेवा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

हिँजो दिउँसो २ बजेट तुम्बेवा–३ को बिजुलीभञ्ज्याङस्थित कच्ची सडकमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३० वर्षीय रणबहादुर सम्बाहाम्फेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सम्बाहाम्फे मे ७ प ५४९९ नम्बरको मोटरसाइकलमा मौवा बजारबाट गैरी गाउँतर्फ जाने क्रममा दुर्घटना हुँदा सम्बाहाम्फेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रहेकी सोही स्थानका सन्तोष माङ्लाककी सात वर्षीया छोरी आर्या घाइते भएकी छन् । स्वास्थ्य अवस्था सामान्य रहेकी उनको मौवामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।