काठमाडौं । भोलि हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत स्थिर समय अर्थात मौन अवधि जारी छ । मौन अवधिको समयको निर्वाचन प्रचार–प्रसार गर्ने गराउने कार्यमा रोक लाग्ने गरेको छ । अझ यस पटकको निर्वाचनमा निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिले निर्वाचन आफ्नो पालिका भित्र कुनै पनि उम्मेदवारका पक्ष वा विपक्षमा मत माग्न नपाउने ब्यवस्था गरेको छ ।
यो ब्यवस्थाको निर्वाचन प्रचार–प्रसारका समयमा पूर्वको पाँचथरमा पालना त भएन नै, निर्वाचनको मौन अवधिमा समेत पाँचथरको एक गाउँपालिकाका अध्यक्षले यो ब्यवस्थाको उल्लङ्घन गर्नुभएको छ । जिल्लाको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बावुराम खड्काले शनिवार साँझ ६ बजे आफ्नै गाउँपालिकाको वडा नं. ५ हाङगुममा विभिन्न दलका कार्यकर्तालाई आफू आवद्ध दल नेपाली काँग्रेसमा प्रवेश गराउनु भएको छ ।
गाउँपालिका अध्यक्ष खड्काले पार्टी प्रवेश गराउने मात्रै नभई उक्त विषय सामाजिक सञ्जाल फेसबुकमा राख्नुका साथै उम्मेदवारहरु, अन्य स्थानीय तहका जनप्रतिनिधिहरु समेतलाई ट्याग गर्नुभएको छ । उसो त अध्यक्ष खड्काले आज मात्रै गठबन्धनका उम्मेदवारहरुसँगको तस्वीर राखेर प्रतिकात्मक रुपमा मत माग्नुभएको भने एक दिन अघिमात्रै उहाँले अन्य दलका कार्यकर्तालाई आफ्नो दलमा प्रवेश गराई सो विषय सामाजिक सञ्जालमा राख्नुभएको छ । जनप्रतिनिधिहरुले निर्वाचन प्रचार–प्रसार गरेको भनि पाँचथरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपनि हालसम्म छानविन तथा कारबाही भए/नभएको सार्वजनिक भएको छैन् ।
प्रतिक्रिया