पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकीकृत समाजवादीले कटाएन थ्रेसहोल्ड

चिन्तन खबर

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन।

समाजबादीलेले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको हो ।

समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको छ भने त्यसमा सदरमतको ३ प्रतिशत मत ल्याउनेको थ्रेस होल्ड कट्छ । यस्तै प्रत्यक्षतर्फ पनि कम्तीमा १ सिट जितेको हुनुपर्छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पर्टी, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेस होल्ड कटाएका छन् ।

जसअनुसार एमालेले २६ लाख ९७ हजार, कांग्रेसले २५ लाख ५५ हजार, माओवादी केन्द्रले ११ लाख ४१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार, राप्रपाले ५ लाख ७० हजार, जसपाले ३ लाख ९३ हजार र जनमत पार्टीले ३ लाख ५४ हजार मत पाएको आयोगले जनाएको छ ।