काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका छन् ।
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन सुरु गरेको हो ।
बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत धर्ना दिनुभएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिनुभएको थियो । पत्र प्राप्त भएसँगै जबरा अदालत फर्कने तयारीमा हुँनुहुँन्छ ।
लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् ।
प्रतिक्रिया