Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

चिन्तन खबर

काठमाडौं । नेपाली कांग्रेसले संघदेखि सातै प्रदेशमा आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

“संघदेखि प्रदेशसम्म कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ। संसदीय दलमा सभापति शेरबहादुर देउवाबाहेक गगन थापाले पनि उहाँले इच्छा देखाउनु भएको छ”, उनले भने, “कांग्रेस नेतृत्वमा सरकार बनाउने कुरा बैठकमा भएको छ। कांग्रेसकै नेतृत्वमा सरकार बनाउने गरी छलफल अघि बढाउँदैछौँ।”

उनले आगामी सरकारको गठनका लागि अन्य दलसँग संवाद र वार्ता अघि बढाउने निर्णय गरेको बताए। “सातै प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने या समर्थन गर्नेसहितका विकल्पलाई मध्यनजर राखेर प्रक्रिया अघि बढाउने कुरा भएको छ”, महतले भनेका छन्।