विराटनगर । १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी कर्मचारीहरुलाई १ दिने फोटोग्राफी सम्बन्धी अनुशिक्षण तालीम प्रदान गरेको छ ।
प्रहरीद्वारा सम्पादन गरेका काम कारवाहीहरुको श्रब्य दृश्य संकलनका लागि १ नम्बर प्रदेशका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयमा कार्यरत २÷२ जना प्रहरी कर्मचारीहरुलाई उक्त तालीम दिइएको हो । तालीममा १०० जना प्रहरी कर्मचारी सहभागी थिए ।
तालीममा फोटोग्राफी, भिडियोग्राफी र मोवायलग्राफी सम्बन्धी शीप सिकाइएको थियो । तालीम नेपाल टेलिभिजन इटहरीको प्राविधिक प्रशिक्षकको सहयोगमा सञ्चालन भएको हो ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले स्थानीय टेलिभिजनहरुसँग समन्वय र सहकार्य गर्दै प्रहरीद्वारा गरिएका गतिविधि, अपराध सम्वन्धिका खवरहरु, बिभिन्न जनचेतनामूलक सामग्रीहरु लगायत आम विषयमा जनमानसमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालीम आयोजना गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया