मोरङ । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ बजे बिराटनगर–१६ दक्षिणगेटबाट भारतबाट नेपालतर्फ आउँदै गरेका गौरादह नगरपालिका–९ झापाका ३१ बर्षीय सबिन खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक–४ एम्पुल, ऐभिल–४ एम्पुल, फेनारागन–४ एम्पुल र डाईजोपाम–४ एम्पुल फेला पारी पक्राउ गरेको हो ।
त्यसै गरी बिराटनगर–१५ बाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०२–०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्न क्रममा DIALEX DC 100 ML २० बोतल फेला पारेको छ ।
अवैध सामग्री फेला परेपछि स्कुटर चालक सुन्दरहरैचा नगरपालिका–१० मोरङका ३७ बर्षीय आसिष लामिछाने गुरुङ र स्कुटरमा पछाडि सवार चौबिसे गाउँपालिका–६ धनकुटाका २८ बर्षीय आशिष लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनीहरुमाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया