झापा । प्रहरीले झापाको सिमावर्ती क्षेत्रबाट भन्सार छलेर अवैधरुपमा नेपाल भित्र्याइदै गरेको र भारततर्फ लैजादै गरेको अवस्थामा किराना लगायत ढाकाका बिभिन्न प्रकारका कपडाहरु बरामद गरेको छ ।
हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–७ धनकुटेली बस्तीबाट अन्दाजी ५० हजार र इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० बाट २ लाख ७५ हजार बराबरको किरानाका सामान बरामद गरेको हो ।
यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट ५० हजार बराबरको बिभिन्न प्रकारका ढाकाका कपडाहरु नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको हो । बरामद भएको सामानहरु आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया