Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रेम आचार्यले उठाएका बिषयमाथि छानबिन गर्ने सरकारको निर्णय « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रेम आचार्यले उठाएका बिषयमाथि छानबिन गर्ने सरकारको निर्णय

चिन्तन खबर

काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका बिषयको छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ।

बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो। मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई नै दिएको छ। आचार्यको मृत्युपछि नागरिकहरु सरकारसँग रुष्ट भएका बुधबार बिहानैदेखि विभिन्न कार्यक्रम गरेका छन्। सरकारले आचार्यको माग सम्बोधन नगरेको बताउँदै आफन्तले बुधबार बिहानैदेखि आचार्यको शव बुझ्न मानेका थिएनन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार कीर्तिपुर अस्पताल पुगेपछि बल्ल परिवारजन तथा आफन्तले शव जिम्मा लिएका हुन्। परिवारजन तथा आफन्तले स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल गर्दा कुनै जवाफ नआएको बताएका थिए।

मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो। आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए। स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।