Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पूर्वप्रेमिकाका अश्लिल तस्वीर साथीलाई पठाएपछि… « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पूर्वप्रेमिकाका अश्लिल तस्वीर साथीलाई पठाएपछि…

चिन्तन खबर

काठमाडौं । आफ्नी पूर्वप्रेमिकाका अश्लिल तस्वीर तथा फोटोहरु साथीलाई पठाएपछि दोलखाका एक युवक पक्राउ परेका छन् ।

प्रेममा रहँदा खिचिएका तस्वीरहरु अहिले साथीहरुलाई पठाएर पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। दोलखा, मेलुङ गाउँपालिका वडा नं. ७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

उनले सामाजिक सञ्जालमार्फत पीडित युवतीसँग चिनजान गरेका थिए। कुराकानी बढेसँगै उनीहरू प्रेम सम्बन्धमा बसे। त्यतिबेला शारीरिक सम्बन्ध हुँदा खिचिएका अश्लिल फोटो तथा भिडिओहरू सम्बन्ध टुटिसकेपछि खड्काले आफ्ना साथीहरूलाई पठाएका थिए।

त्यसरी अनावश्यक दुःख, हैरानी र चरित्रहत्या गरेको भन्दै पीडित ब्युरोमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। काठमाडौं जिला अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।