काठमाडौं । भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुको समस्या हल गरिदिन ब्रिटिस गोर्खा संयुक्त संघर्ष समिति यु.के नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेको छ ।
समितिका संयोजक कृष्णबहादुर राईसहितको टोलिले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर दाहाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरिएको हो ।
गोर्खा सैनिकहरुले न्याय, समानता र स्वाभिमानका लागि विगत तीन दशकदेखि घनीभूत र अक्षुण्ण आन्दोलन गर्दै आएको भएता पनि बेलायत सरकारले गोर्खाहरुको मागलाई सम्बोधन गर्ने कुनै तदारुकता देखाएको भूतपुर्व गोर्खा सैनिकहरुको गुनासो छ ।
प्रधानमन्त्री दाहाललाई बुझाएको पत्रमा भनिएको छ – “आप्mना न्यायोचित मागहरुलाई पूरा गराउन गोर्खाहरुले लोकतन्त्रमा स्वीकार्य सम्पूर्ण उपायहरुलाई अबलम्बन गरेको थियो । यद्यपि बेलायत सरकारले समानताका प्रमुख मागहरु कहिल्यै पूरा गरेन, भविष्यमा गर्ने कुनै आभाष पनि भएन । गम्भीर विषयहरुलाई सूक्ष्म ढङ्गले पगालेर निष्कर्षमा पुग्न अभैm ३–४ पटक संवाद हुन सक्ने आँकलन गरिउको छ । संवादको नेतृत्व गर्ने जिम्मा नेपाल सरकारले बेलायतका लागि नेपाली राजदूतलाई दिएको छ । अहिलेसम्मका सम्पूर्ण पहलकदमीहरु र सम्पन्न भएका सम्वादले वार्तामा टुङ्गो पुग्छ भन्ने विश्वास लिएका छौं ।”
पत्रमा भनिएको छ –“ वार्ता अवरुद्ध हुने अप्रिय परिस्थिति सिर्जना भए मुलुकले ठूलो मूल्य चुकाउनु पर्ने निश्चित छ । मुलुकलाई आर्थिक क्षति पुग्ने छ । फेरि वार्ताको तयस्तै माहोल बनाउन गोर्खाहरुले ठूलै कुर्बानी व्यहोर्नु पर्छ । यो समस्या गोर्खाहरुको मात्रै समस्या होइन; यो नेपालको राष्ट्रिय समस्या हो । देशभक्त नेपालीहरुको समस्या हो । र, नेपालको सम्प्रभुता र स्वाधिनतासँग प्रत्यक्ष जोडिएको समस्या हो । यसकारण, नेपाल सरकारले भूतपूर्व व्रिटिश गोर्खा सैनिकहरुको माग र समस्यालाई समाधान गर्न ठोस पहलकदमी र निर्देशन होस भनेर भनेर सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष विनम्र अनुरोध गर्दर्छौं ।”
समितिले परराष्ट्रमन्त्री विमला राई पौड्याल, पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपप्रधानमन्त्री एवम् जलस्रोत तथा सिँचाईराजेन्द्र लिङ्देन, पर्यटन मन्त्री सुदन किरातीलाई पनि भेटेर उक्त विषयमा पहलका लागि अनुरोध गरेको छ ।
उक्त विषयमा विगत देखिनै पहल कदमि र समस्या समाधानका लागि संविधानसभा सदस्य तथा नेकपा(एमाले)का केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्बाङले भुमिका समेत खेल्नुभएको छ ।
प्रतिक्रिया