काठमाडौं । सोमबार राती १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा बृद्धि जनाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाबले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा चल्दै आएको आयल निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।
प्रतिक्रिया