Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एक महिनामै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री रावल पदमुक्त « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एक महिनामै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री रावल पदमुक्त

चिन्तन खबर

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार एक महिनामै ढलेको छ । विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।

उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन ।

मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् ।

२७ पुसमा नाउपासमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । कैद सजाय भोगिरहेका आफ्नो दलका संरक्षक रेशम चौधरीको मुद्दा फिर्ताको माग गर्दै नाउपाले विश्वासको मत नदिने वताएको छ ।