बुटवल । किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देहीमा एक जना शिक्षक पक्राउ परेका छन्।
विद्यार्थीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि नृत्य सिकाउने शिक्षकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो। देवदह नगरपालिकाका–७ का शिक्षकले माघ २० गते शुक्रबार देवदहकै एक होटलमा ती शिक्षकले किशारीलाई जबर्जस्ती करणी गरेका थिए।
पीडित किशोरीले अभिभावकलाई बताएपछि घटना बाहिर आएको हो। प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी परेपछि बुधबार ती शिक्षकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा विद्यार्थीलाई विभिन्न प्रलोभनमा पारेर होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ। अदालतबाट म्याद थप गरि घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए।
प्रतिक्रिया