काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा केजी सुनसहित दुईजना भारतीय पक्राउ गरेको छ । विमानस्थल प्रहरीका अनुसार दुवैजना ईन्डिगो एयरलाईन्सको उडानमार्फत मुम्बईबाट काठमाडौं ओर्लिएका भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी लाई पक्राउ गरेको हो ।
उनीहरूलाई आगमन टनेल गेटनजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैको साथबाट २ सय ५० ग्राम सुन बरामद भएको हो । उनीहरुलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया