काठमाडौं । फागुन १ गते (आज) सरकारले सार्वजनीक विदा दिएको विषयमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ । सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राख्दै बिदा दिएको प्रति विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेको हो ।
काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले ‘जनयुद्ध दिवस’मा दिएको विदाको विरोध गर्दै बिदा खारेजिको माग राखेको हुन् । उनीहरुले द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने मागसमेत राखेका छन् ।
तस्वीरः अनलाइनखबरबाट
प्रतिक्रिया