बिराटनगर । उदयपुर र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विहीवार अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी–३ का कुमार सुनुवारलाई नाइट्राभेट–२६५ ट्याबलेट र लुपिजेसिक, डाइजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो ।
यस्तै बिराटनगर महानगरपालिका–१२ मा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका–४ का २७ बर्षीय अजय राईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्यावलेट र नाइट्रोसन १० ट्यावलेट फेला परेकोले पक्राउ गरिएको छ । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुमाथि सम्वन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया