काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको तुलनामा २ हजार ९ सय बढेर आज प्रतितोला एक लाख १० हजारमा कारोबार सुरु भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो । सुनको भाउ अझै बढ्ने अनुमान छ ।
भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो । त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया