काठमाडौं । माइतिघरमा मटरब्याजीको आन्दोलनमा समर्थन गर्न पुगेका राप्रपा नेपालका प्रवत्ता तथा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध आन्दोनकारीले नाराबाजी गरेका छन् ।
आफ्नो माग पूरा गराउन काठमाडौं आएका मिटरब्याज पीडितहरू शाही राजवादी र सामान्तवादी रहेको भन्दै पीडितहरुले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।
मिटरब्याजी पीडितहरू भद्रकाली हुँदै माइतीघर मण्डलामा पुग्दा शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका थिए ।
शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए ।
प्रतिक्रिया