काठमाडौं । टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए।
उनले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने समेत बताए।
प्रतिक्रिया