काठमाडौं । नेपाल धितोपत्रबोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी ९ब्रोकर० को लाइसेन्स दिएको छ ।पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।
जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए ।
आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमशः निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले बताए । यो समाचार आर्थिक समाचार दैनिकमा छ ।
प्रतिक्रिया