Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
बाढीपहिरोका कारण पाँचथरमा २४ घर विस्थापित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

बाढीपहिरोका कारण पाँचथरमा २४ घर विस्थापित

चिन्तन खबर

फिदिम । पाँचथरमा बाढी र पहिरोका कारण हालसम्म २४ घर परिवार विस्थापित भएका छन् ।

बाढी र पहिरोका कारण जिल्लाको फालेलुङ, याङवरक, हिलिहाङ गाउँपालिका तथा फिदिम नगरपालिकाका सो संख्यामा स्थानीयवासी विस्थापित भएका हुन् । उनीहरु आफन्त तथा छरछिमेकीको शरणमा बसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । २४ परिवार विस्थापित भएपनि ७ वटा घर पूर्ण र एउटा घरमा आंशिक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक दिवश कुँवरका अनुसार हालसम्म याङवरक–२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको घर, फिदिम–४ का रेशम कटवालको घर, हिलिहाङ–७ का आशिष माझीको होटल, फिदिम–४ का सरध्वज आङ्देम्बेको घर र बंगुर फार्म, फालेलुङ–३ का मनप्रसाद राईको पूर्ण रुपमा क्षति भएको छ । यस्तै फालेलुङ–२ का टंक योङ्या र वीरबहादुर योङ्याको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

बाढीले घर बगाउँदा याङवरक–२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको परिवार विस्थापित भएका छन् । यस्तै फालेलुङ–३ का मनप्रसाद राई, फालेलुङ–२ का वीरबहादुर योङ्या, फिदिम नगरपालिका–४ हेंवाखोलाका रेशम कटवाल, सोही वडाको माझीटारका सरध्वज आङ्देम्बे, हिलिहाङ गाउँपालिका–७ का मनहाङ कन्दङ्वा, चन्द्र जबेगू, कमला घिसिङ तामाङ र भुवानी योक्पाङ्देनको परिवार विस्थापित भएका छन् ।

यस्तै घरमा पहिरोले क्षति पु¥याएपछि फालेलुङ गाउँपालिका–४ का मनबहादुर गुरुङ, पदम गुरुङ, गणेश गुरुङ र टेकबहादुर गुरुङको परिवार पनि विस्थापित भएको छ । घरमा आंशिक क्षति पुगेका फालेलुङ–३ का वीरेन्द्र लिवाङ, राजकुमार लिवाङ, अमृतकुमार लिवाङ र प्रकाश सेलिङको परिवार पनि विस्थापित भएका छन् । यस्तै उच्च जोखिममा रहेका फालेलुङ–४ का प्रकाश गुरुङ, सिद्धिबहादुर गुरुङ, विष्णु गुरुङ र बेमबहादुर गुरुङको परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेको पाँचथर प्रहरीले जनाएको छ । पाँचथरमा पहिरोमा परी फालेलुङ–४ की ८ वर्षीया बालिका जुना सावदेनको उपचारका क्रममा मृत्यु भएको छ भने उनकी मावलकी हजुरआमा ६७ वर्षीया रनमाया राई घाइते छन् ।

बाढीमा अहिलेसम्म यहाँका ५ जना हराइरहेका छन् । बेपत्ताहरुमा तल्लो हेंवा जलविद्युत आयोजनाका सुरक्षा गार्डद्वय हिलिहाङ–७ का ४५ वर्षीय तिलकुमार गुरुङ र फिदिम–११ का हेमराज भनिने २८ वर्षीय सञ्जोग लिम्बू, फिदिम–५ घर भई हेंवा खोलामा गिट्टी कुट्ने ५५ वर्षीय राजकुमार राई, फिदिम नगरपालिका–४ घर भई हिलिहाङ–७ मा बोत्तल हाउस होटल सञ्चालन गर्ने २८ वर्षीय आशिष माझी र उनकी २५ वर्षीया श्रीमती एलिसा माझी छन् ।