इवारा जवेगु,
फिदिम । जागरण फाउण्डेशन पाँचथर र पाथीभरा ग्रुप प्रा.लि. काठमाडौँको आयोजनामा २० महिने नाम्बीहाङ लिम्बुको लागि ३ लाख आर्थिक सहयोग गरिएको छ ।
बिहीबार पत्रकार महासंघको सभाहलमा जनप्रतिनिधि पत्रकार, इन्सेक प्रतिनिधि लगायतको उपस्थिति उक्त रकमको चेक बालकका बाजेलाई बुझाइएको हो ।
तेह्रथुम जिल्ला लालीगुराँस ५ स्थायी घर भई बालकका परिवार हिलिहाङमा बस्दै आएका थिए । मजदुरी गर्दै आएका उनका बुवा कमल लिम्वु गत वैशाख ६ गते सुतेकै ठाउँमा मृत फेला परेका थिए । बुवाको मृत्युपछि आमासँग नाम्बीहाङ मावली बस्दै आएका छन् ।
बुवा विहीन बनेका नाम्बीहाङको लालनपालन र शिक्षादिक्षाको सुनिश्चित लागि ३ लाख सहयोग गरेर २० बर्ष पुगेपछि निकाल्न मिल्ने गरी उनकै नाममा नेपाल बैंकमा खाता खोलि दिएको पाथीभरा गु्रप प्रा.लि. का सञ्चालक देवेन्द्र चम्लागाईँले बताउनुभयो ।
२०७६ सालमा स्थापना भएको जागरण फाउण्डेशन पाँचथरले प्राकृतिक विपत्ति परेकाहरुलाई राहत वितरण गर्दै आइरहेको जागरण फाउण्डेशन पाँचथरका अध्यक्ष प्रदिप बाँस्कोटा बताउनुभयो । विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण देखि पीडामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको पनि उहाँको भनाई छ ।
प्रतिक्रिया