सर्लाही । सर्लाहीमा प्रहरीले जलाउन लागेको शव चिताबाट बरामद गरेको छ ।
बुधबार दिउँसो जलाउन लागेको अवस्थामा शंकास्पद देखिएपछि शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियारले जानकारी दिनुभयो ।
उनका अनुसार सर्लाही रामनगर गाउँपालिका–१ की २१ वर्षीया मनिषा साहको त्यहीको मञ्चुरा खोलामा जलाउन लागिएको थियो । उनको घाँटीमा डोरीको डाँम देखिएको भन्ने गाउँलेले खबर गरेपछि उक्त शव बरामद गरि अनुसन्धान भइरहेको उनले बताए ।
‘शवको प्रकृति शंकास्पद थियो । जलाउन लागिएको उक्त शवको घाँटीमा डाँम देखिएको खबरपछि हामीले उक्त शव बरामद गरेर परीक्षणका लागि पठाएका छौँ ।’ डिएसपी पन्जियारले भने ।
त्यस्तै उनको ससुरा, श्रीमान र देवरलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
‘हामीले उनका श्रीमान, ससुरा र देवरलाई पक्राउ गरी आवश्यक अनुन्धान भइरहेको छ ।’ उनले भने ।
प्रतिक्रिया