पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिका–३ सेपेनीका किसानलाई अनुदानमा मिनिमिल बितरण गरिएको छ । वडाले लागत साझेदारीमा गत आर्थिक वर्षको ९ लाख २९ हजार रकमबाट २६ वटा मिनिमिल खरिद गरी अनुदानमा किसानलाई बितरण गरेको हो । वडाको ५ लाख र किसानको ४ लाख २९ हजार गरी ९ लाख २९ हजार रुपैयाँ मिनिमिल खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा बितरण गरिएको वडाअध्यक्ष बाबुराम कार्कीले जानकारी दिनुभयो ।
वडामा मकै र धान बढि उत्पादन गर्ने किसानको पहिचान गरी कुटानी र पिसानीको मेसिन अनुदनमा वितरण गरिएको कार्कीको भनाइ छ । ५० प्रतिशत अनुदानमा मिनिमिल पाएका किसानले प्रति मिनिमिल बापत १६ हजार ५ सय रुपैयाँ रकम जम्मा गरेका थिए ।
वडाले किसानको मागको आधारमा प्रत्येक वर्ष मिनिटिल, विद्युतीय मदानी, मिनिमिल वितरण गर्दै आएको छ । वडामा औजार र उपकरणको प्रयोग गरी कृषि जन्य वस्तुको उत्पादनमा वृद्धि गर्न प्राथमिकता दिने वडाको लक्ष्य छ ।
प्रतिक्रिया