पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिका–१ को खाल्डेमा षुरुप नकाउट फुट्बल प्रतियोगिता हुने भएको छ । चाडपर्वको अवसरमा खाल्डे युवा समूहले असोज २१ देखि षुरुप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा फाल्गुनन्द, तुम्बेवा र कुम्मायक गाउँपालिकाबाट खेलाडीहरु सहभागी हुने जनाइएको छ । फुटबल प्रतियोगिताको बिजेताले नगद तीस हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेता टोलीले नगद बीस हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने खाल्डे युवा समुहका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताको बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट फर्वड, हाईस्कोर र बेष्ट खेलाडीलाई समान २ हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र हातपार्ने छन । प्रतियोगिता संचालन गर्न वडा कार्यालयले समन्वय गरी आर्थिक सहयोग गर्ने कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताउनुभयो । प्रतियोगिता खाल्डे माविको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

 
                                 
 



 
                     
                     
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया