यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा कानुन विपरित नियुक्ति भएका कर्मचारी हटाएको विषयमा फरक मत देखिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको प्रेस वक्तव्य र सुचनामा फरक मत भेटिएको हो । गाउँपालिकाले गत असोज २२ गते सुचना जारी गर्दै १९ कर्मचारीको करार सेवा भंग भएको जनाएको थियो । तर गाउँपालिका प्रवक्ता देबेन्द्रकुमार लावतीले जारी गरेको प्रेस वक्तव्यमा करार संझौता भंग नभई स्थगित मात्रै भएको बताउनु भएको छ ।
कर्मचारीको करार संझौता स्थगित भएको निर्णयपछि मात्रै कुम्मायक आधारभूत अस्पतालमा मेडिकल अधिकृत सहित स्वास्थ्य क्षेत्रका चार कर्मचारीलाई अस्पताल विकास समितिले निरन्तरता दिएको लावतीको भनाइ छ । गाउँपालिकाले करार सम्झौता भंग गरेको अवस्थामा भने अस्पतालमा कर्मचारीलाई निरन्तरता दिन मिल्दैन् । त्यस्तो अवस्थामा सुचना निकालेर प्रकृयागत रुपमा कर्मचारी नियुक्ति गर्नुपर्ने हुन्थ्यो लावतीले भन्नुभयो ।
‘हामीले प्रदेश सरकारको कानुन अनुसार १९ जना कर्मचारीको करार सम्झौता स्थगित गरिएको भनि कार्यापालिकामा निर्णय गरेका थियौ । तर कार्यालयबाट करार सेवा भंग भन्ने सब्द प्रयोग गरी गाउँपालिकाको आधिकारी पेज र सुचना पाटीमा सुचना टास गरेको पाइयो यो विषयमा गम्भिर समिक्षा गछौ ।”
तर यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले कार्यापालिकामा निणर्य भए बमोजिम कर्मचारी करार सम्झौता भंग भएका सुचना प्रकाशित गरेको बताउनु भयो । ‘गाउँपालिकाको कार्यपालिका बैठमा भएको निणर्यमा कर्मचारीको करार सेवा भंग गर्ने निणर्य भएको छ । सोही निणर्य बमोजिम सुचना टास गरिएको हो अधिकारीले भन्नुभयो ।
गत असोज १६ गते बसेको कार्यपालिका बैठकले १९ जना कर्मचारीको करार सम्झौता कार्तिक १ गतेदेखि स्थगीत गर्ने निर्णय गरिएको प्रवक्ता लावतीले दावी छ । तर असोज २२ गते १९ जना कर्मचारीको करार भंग भन्ने सुचना गाउँपालिकाले टाँस गरेका थियो ।
कोशी प्रदेश सरकारले बनाएको स्थानीय सरकारी सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको ऐन २०८० को व्यवस्था विपरित कर्मचारी नियुक्ति गरी हटाएको हो ।
प्रदेश सरकारले २०८० पुष २२ गते जारी गरेको व्यवस्था अनुसार गाउँपालिकाले कुनै पनि कर्मचारी करारमा नियुक्त गर्न पाउने छैन भनि उल्लेख गरेको छ । “ऐन विपरित करारमा कर्मचारी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम नियुक्ति गर्ने कर्मचारी वा पदाधिकारीबाट असुलउपर गर्ने उल्लेख छ ।”
गाउँपालिकामा करारका कर्मचारी हटेसंगै कार्यालयको प्रशासनिक काम कार्वाहिमा समस्या उत्पन्न भएको छ ।
प्रतिक्रिया