पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवा संघ तुम्वेवामा रोशन खड्काको नेतृत्वमा नयाँ कमिटी गठन

चिन्तन खबर

पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिकामा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालको नयाँ कमिटी गठन गरिएको छ । शनिवार पालिका कमिटीको दोस्रो अधिवेशनले खड्काको नेतृत्वमा नयाँ कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा नरेन्द्र देवान, सचिवमा राजन कटुवाल, सहसचिवमा श्रीप्रसाद सांवालगायत चयन हुनुभएको राष्ट्रिय युवा संघ पांचथर जिल्ला अध्यक्ष मदन लावतीले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा संघ, नेपाल स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी सह–इन्चार्ज गणेश योङहाङ प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य गोबिन्द बहादुर तामाङ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य तथा पांचथर ईन्चार्ज कमल थपलिया, जिल्ला सचिवालय सदस्य डिल्लीराम बुढाथोकी, राष्ट्रिय युवा संघ पांचथर जिल्ला अध्यक्ष मदन लावती, एमाले पालिका अध्यक्ष कमल थापा, उपाध्यक्ष तेज चन्द्र सम्बाहाम्फे, सचिव साम्योग सम्बाहाम्फे लगायतको उपस्थितीमा अधिवेशन अधिवेशन सम्पन्न भएको नव निर्वाचित सचिव राजन कटुवालले जानकारी दिनुभयो ।