पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा, सीमावर्ती जिल्लामा नयाँ प्रमुख

चिन्तन खबर

काठमाडौं — नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। सोमबार बसेको प्रहरी महानिरीक्षक (आईजीपी) को निर्णयअनुसार सरुवा गरिएका एसपीहरूले सरुवा भएको दरबन्दीअनुसार नै तलब भत्ता पाउने छन्।

प्रहरी मुख्यालयले जानकारी दिएको अनुसार, कार्यालय प्रमुखका रूपमा न्यूनतम एक वर्षको कार्य अवधि पूरा गरेका एसपीहरू यसपटकको सरुवामा परेका हुन्। उनीहरूको स्थानमा जिल्लाहरूमा नयाँ प्रहरी प्रमुखहरू खटाइनेछन्।

यसपटक सरुवा भएका एसपीहरूमध्ये सीमावर्ती तथा संवेदनशील मानिने तराईका जिल्लामा पनि नयाँ प्रहरी प्रमुख तोकिएका छन्। झापा जिल्लामा राजन लिम्बू, चितवनमा गोविन्द पुरी, कैलालीमा बालनरसिंह राणा, र सुर्खेतमा सुधीरराज शाही सरुवा भएका छन्।

यसअघि २०८१ साल फागुन १ गते गरिएको सरुवामा खटाइएका केही एसपीहरू करिब १४ महिनापछि फिर्ता गरिएका छन्। तीमध्ये केही त जम्मा ५३ दिनदेखि १० महिनासम्मको अवधिमै फेरि सरुवा भएका थिए।