पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीमतीको हत्या गरेका श्रीमान् पक्राउः सुर्खेतको जंगलमा मृत फेला परेकी २६ वर्षीया प्रेमाको ढुंगाले हानी हत्या

चिन्तन खबर

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित झिंगेनारा खोलामा आइतबार मृत फेला परेकी २६ वर्षीया प्रेमा ओलीको हत्या उनकै श्रीमान् दर्शन खत्रीले गरेको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–५ की प्रेमा ओलीको शनिबार बेलुका जंगलको बीचमा पर्ने खोल्सामा ढुंगाले टाउकोमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काले प्रेमाकै श्रीमान् २९ वर्षीय दर्शन खत्रीलाई आइतबार नियन्त्रणमा लिइएको जानकारी दिए।

आइतबार बिहान १० बजेतिर थाकलको खजुरी टिप्न गएका स्थानीयहरूले खोल्सामा महिलाको शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए। खबर लगत्तै पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको थियो।

एसपी खड्काका अनुसार प्रारम्भिक बयान तथा प्रमाणका आधारमा हत्या पुष्टि भएपछि दर्शनलाई नियन्त्रणमा लिइएको हो। अहिले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।