काठमाडौं । भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले भारतको सम्पूर्ण पश्चिमी सीमामा एकैसाथ आक्रमण गरेको दाबी गरेको छ।
सेनाले सामाजिक सञ्जाल एक्स मा एक भिडियो सेयर गर्दै भनेको छ, ‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा ड्रोन र अन्य हतियार प्रयोग गरी भारतीय सीमामा थुप्रै स्थानमा आक्रमण गरे। साथै, पाकिस्तानले जम्मू–कश्मीरको नियन्त्रण रेखा (एलओसी) मा पनि धेरैपटक युद्धविराम उल्लङ्घन गरेको छ।’
यस आरोपलाई पाकिस्तानले स्पष्ट रूपमा अस्वीकार गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जम्मू–कश्मीरमा कुनै पनि प्रकारको आक्रमण नभएको दाबी गरेका छन्। पाकिस्तानका सञ्चारमन्त्री अतुल्ला तरारले पनि भारत प्रशासित कश्मीरमा आक्रमण नगरिएको भन्दै भारतीय मिडियाले गलत सूचना फैलाएको आरोप लगाए।
दुवै देशबीचको यो पछिल्लो तनाव, क्षेत्रीय सुरक्षामा गम्भीर चिन्ता उत्पन्न गराउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यान तानिएको छ।
प्रतिक्रिया