Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
युवा संघ याङवरकमा सन्तोष राईको अध्यक्षतामा नयाँ कमिटी गठन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

युवा संघ याङवरकमा सन्तोष राईको अध्यक्षतामा नयाँ कमिटी गठन

चिन्तन खबर

फिदिम । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल याङवरक गाउँपालिका कमिटीको तेस्रो अधिबेशनबाट सन्तोष राइको नेतृत्वमा ३३ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा निर्वाचित नयाँ कमिटीको उपाध्यक्षमा अनिल राई, सचीवमा नेत्र कोइराला, सहसचिवमा डेन्टल खेबाङ, सनम सेलिङ चयन गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल स्थाई कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी सह–इन्चार्ज गणेश योङहाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य नरबहादुर गुरुङ, जिल्ला सचिवालय सदस्य तथा याङवरक गाउंपालिका अध्यक्ष सुवास योङ्या, जिल्ला सदस्य तथा पालिका उपाध्यक्ष बाबा मेन्यांबो, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा पांचथर जिल्ला इन्चार्ज कमल थपलिया, जिल्ला उपाध्यक्ष रितुवर्ण तुम्बापो, सचिव ईश्वरी खरेल, सह–सचिव सुजन तुम्बापो, एमाले पालिका अध्यक्ष पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।