पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरबाट सार्बाधिक कर दाखिला गरेबापत केरुङ सम्मानित

चिन्तन खबर

फिदिम । पाँचथरबाट सार्बाधिक कर (आयकर) दाखिला गरेबापत केरुङ एण्ड एसोसिएट्स, रजिष्ट्रड अडिटर  सम्मानित हुनुभएको छ ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङलाई आन्तरिक राजस्व कार्यालय भद्रपुरले सम्मान गरेको हो । कर कार्यालय भद्रपुरले केरुङसहित पाँच जना व्यवसायीलाई सम्मान गरेको हो । आर्थिक बर्ष २०७९/०८० मा केरुङ एण्ड एसोसिएट्सले पाँचथरबाट सबैभन्दा धेरै आयकर दाखिला गरेको थियो ।

आफ्नो कार्यक्षेत्र अन्तर्गत लेखा ब्यवसायबाट सार्बाधिक कर दाखिला गरेको यो पहिलो रेकर्ड भएको कर कार्यालय भद्रपुरले जनाएको छ । ‘यसअघि लेखा व्यवसायबाट सबैभन्दा धेरै कर दाखिला भएको रेकर्ड छैन्,’ कर कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्ण चन्द्र काफ्लेले भन्नुभयो ‘केरुङ एण्ड एसोसिएट्स पाँचथरले नयाँ रेकर्ड कायम गरेको छ ।’

केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङ लेखा व्यवसायसहित राजनीतिमा आबद्ध छन् । सार्बाधिक कर तिरेर राष्ट्रिय बिकासमा योगदान गर्न पाउँदा आँफूलाई गौरब लागेको केरुङले बताउनु भयो । ‘इमानपूर्बक कर तिर्नु हामी सबैको दायित्व हो,’ उहाँले भन्नुभयो ‘ सवै राजनीतिकर्मी, समाजसेवी कुनै न कुनै पेशा व्यवशायसँग जोडिए राजनीति प्रति जनविश्वास अझ वड्ने थियो ।’