फिदिम । नेपाल विद्युत प्राधिकरण, पाँचथर वितरण केन्द्र फिदिमले ९ गते (सोमबार) बिहान १०ः०० बजे ३३ के.भी. विद्युत लाइन चार्ज गर्ने जनाएको छ ।
आइतबार एक सूचना निकाल्दै नयाँ निर्माण सम्पन्न भएको ३३/११ के.भी. सबस्टेशन तथा ३३ के.भी. विद्युत लाइनमा विद्युत प्रवाह गरिने भएकोले सावधानी अपनाउन उपभोक्ताहरूलाई आग्रह प्राधिकरणले गरेको छ ।
यस कार्य अन्तर्गत हेवा खोलादेखि भारापा सिमखर्क, माझीटार, सखरखण्ड, शिवा दोभान, कुम्मायक गाउँपालिकाको हाङ्ठुवा, चुनसाङ्ली, खमारे, रातमाटे, सिम्रा स्कुल, हात्तिपोखरी, लोरिप्पा, स्याबरुम्बा, पिपलबोटे, भुल्के, तमोर कोरीडोर सडक, ससाठिमुरे सावा खोला हुँदै तुम्वेवा गाउापालिका १ ढुकुरेसम्म विभिन्न स्थानहरूमा चार्ज गरिने वितरण केन्द्र फिदिमले जनाएको हो ।
प्राधिकरणले विद्युत लाइनमा पोल, स्टे, तार जस्ता सामग्रीहरू नछुन र विद्युत लाइन आसपास बाँस वा रुख कटानी नगर्न चेतावनी दिएको छ। साथै, सम्भावित दुर्घटनाबाट बच्न सावधानी अपनाउन समेत अनुरोध गरिएको छ।
विद्युत प्रवाहबारे जानकारी दिँदै प्राधिकरणले सुरक्षा मापदण्ड पालना नगरेमा जनधनको क्षति हुन सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउन समेत समेत गरेको छ ।
यदि कतै पोलमा आगलागी, धुवाँ, आवाज वा स्पार्क देखिएमा तुरुन्तै सम्बन्धित कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध प्राधिकरणले अनुरोध समेत गरेको छ ।
सूचनाको वेवास्ता गरिए प्राधिकरण जवाफदेहि नहुने समेत चेतावनी दिएको छ ।
केही समस्या परेको खण्डमा सम्पर्क गर्न प्राधिकरणले जनाकारी समेत दिएको छ ।
सम्पर्कका लागिः
मुकेश भुजेल : ९७६९९३३११५
थापाटार सबस्टेशनः ९८४०४४७१५५
खेमराज निरौलाः ९८४२७००२३४
प्रतिक्रिया