पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ल्हेन्दे खोलामा भीषण बाढीः २० बेपत्ता, ५५ जनाको उद्धार, १०० बढी सवारी बगायो

तीन जना सुरक्षाकर्मी र छ जना चिनियाँ नागरिकपनि वेपत्ता

चिन्तन खबर

काठमाडौं । सोमबार राति नेपाल–चीन सिमानास्थित ल्हेन्दे खोलामा आएको भीषण बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको छ । सशस्त्र प्रहरी बलले दिएको पछिल्लो जानकारी अनुसार बेपत्तामध्ये तीन जना सुरक्षाकर्मी र छ जना चिनियाँ नागरिकसमेत छन्।

दिउँसो ३ः५० बजेको अपडेटअनुसार गोरखा पालुङटार–६ निवासी डिलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका पुष्टि भएको छ।

हालसम्म ५१ पुरुष र ४ महिला गरी कुल ५५ जनाको सफलतापूर्वक उद्धार गरिएको छ। प्रहरी, सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोली घटनास्थलमा परिचालित छ।

बाढीले १०० भन्दा बढी सवारीसाधन बगाएको पुष्टि भएको छ। बाढीको थप क्षति र बेपत्ता व्यक्तिको खोजीका लागि उद्धार कार्य तीव्र पारिएको छ।